Ad Area

राष्ट्रिय हाप्किडोमा लुम्बिनी च्याम्पियन


काठमाडौ, २३ माघ । दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप काठमाडौमा सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र दक्षिण एसियाली हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए ।

सेमिनारमा नेपाल भारत, पाकिस्तान, बङ्गलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व थियो । यसैगरी सातौँ राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनी च्याम्पियन बनेको छ । त्यसैगरी बागमती दोस्रो र कर्णाली प्रदेश तेस्रो भएका छन ।

पुरुष तर्फका बागमतीका रबिन तामाङ तथा महिलामा कर्णालीकी सलिना परियार उत्कृष्ट खेलाडी भएका छन । डेमोन्सट्रेसनमा बाग्मती पहिलो, कर्णाली दोस्रो तथा गण्डकी तेस्रो भए । दुई दिनसम्म चलेको प्रतियोगितामा सातवटै प्रदेशका ७०० बढी खेलाडीको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad