Ad Area

खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता, लमही सेमिफाइनल


दाङ,२३ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रंतियोगितामा उपाधि दावेदार राप्ती गाउँपालिकाको टिमलाई हराउँदै लमही नगरपालिकाको टिम सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको चौथो दिन सोमवार विहान भएको लिग चरणको १२ औं खेलमा ३–२ को सेटमा लमही बिजयी हुन सफल भएको हो । कडा प्रतिष्र्धात्मक खेलमा लमहीले २५–२०, २१–२५, २५–२३, १९–२५ र १५–१० को सेटमा राष्ट्रिय भलिवल टिमबाट खेलिसकेका खेलाडी समावेश राप्ती गाउँपालिकाको टिमलाई पराजित गर्न सफल भएको हो ।

राप्ती गाउँपालिकाको टिमबाट बिभागीय क्लव त्रिभुवल आर्मी क्लवबाट व्यवसायीक रुपमा भलिबल खेल्ने राष्ट्रिय भलिवल टिमका क्याप्टेन समेत रहेका मानबहादुर श्रेष्ठ, राष्ट्रिय खेलाडी धनबहादुर भट्ट र खेलाडी सुवास बोहरालगायतका खेलाडीहरु रहेका थिए । पहिलो सेट जितेर दोश्रो सेट हारेको लमही नगरपालिकाको तेश्रो सेट जितेको थियो । त्यसपछिका चौथौ हारेपछि बराबरामा रहेका थिए । फाइटल पाँचौ सेट १५–१० ले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको उपाधि दावेदार टिमलाई पराजित गर्न लमही सफल भएको हो ।

प्रतियोगितामा लगातार ३ खेल जितेको लमही शिर्ष स्थानमा रहेको छ भने समान ३ खेल खेलेको राप्ती गाउँपालिकाले एक खेलमा मात्रै जित निकालेको छ । यसैविच प्रतियोगितामा सोमवार विहानको पहिलो खेल तुलसीपुर उपमहानगरपालिकाको टिमले वाकओभर दिएपछि शान्तिनगर गाउँपालिकाको टिमले अंक पाएको छ । प्रतियोगिताको पहिलो संस्करणको बिजेता तुलसीपुर उपमहानगरपालिकाको टिम उद्घाटन खेलमा बबई गाउँपालिकासँग पराजित भएपछि खेलमा सहभागी भएको छैन ।

यस्तै सोमवार दिउँसो भएको बबई र बंगलाचुली गाउँपालिकाबीच भएको खेलमा बबई गाउँपालिकाले ३–० को सोझो सेटमा हराएको छ । बबईले २५–१३, २५–१५ र २५–१८ को सेटमा हराएको हो । आजको अन्तिम खेलमा गढवाले दंगीशरणलाई ३–१ को सेटमा हराएको छ । गढवा गाउँपालिकाले २५–१४, २५–८, २३–२५ र २५–१६ को सेटमा पराजित गर्न भएको छ ।

Blog Post Ad

प्रतियोगिताको विजेता टिमले नगद दुई लाख पच्चिस हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने टिमले नगद ५६ हजार २ सय ५० र चौथो हुने टिमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ । राष्ट्रिय खेलका रुपमा रहेकोे भलिबल खेलको विकाससँगै युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेस दाङले स्वर्गीय कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको सम्झानामा प्रत्येक बर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad