बाग्लुङ स्पोर्ट्स ग्रुप हङकङका अध्यक्ष पुनद्वारा सहयोग

सुरेश छन्त्याल
बाग्लुङ,२८ माघ । बाग्लुङ स्पोर्ट्स ग्रुप हङकङका अध्यक्ष तथा बाग्लुङ समाज हङकङका बरिष्ठ सल्लहाकार मेगराज पुनले खेलकुद सामासहयोग गरेका छन् ।
घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चलाई दुई ओटा मिकासा भलिबल र एक पम्प साथमा नगद १० हजार रकम क्लबका अध्यक्ष प्रकाश पुन र सचिव दिप घर्तीलाई हस्तान्तरण गरेका हुन ।
भलिबल, पमसंगै रकम हस्तान्तरण गर्दै पुनले आफु गाउँमा रहदा क्लबबाट खेल खेलेकाे साथै क्लबमा रहेर विभिन्न कार्यक्रम संचालन गर्दै आएकाे हुनाले अहिले विदेशमा हुँदा सहयोग गरेको बताए ।
उनले गाउँ आएकाे समयमा क्लबलाइ केही सहयोग गर्ने उदेश्यका साथ सहयोग गरेकाे र पाण्डबखानीमा विभिन्न क्लब रहेकाे र विशेषगरी घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले पाण्डबखानीकाे पहिचानसंगै गाउँमा रहेकाे विभिन्न कला, संस्कृतिकाे जगेर्ना गर्दै आईरहेकाे बताएका थिए ।
साथै क्लबले टाेल – टाेलमा रहेका विभिन्न क्लबलाइ एकबद्धता गराई एकताकाे सन्देश दिन समेत पुनले अनुरोध गरेका थिए ।