Ad Area

विद्यालय कर्मचारी परिषद दाङको अध्यक्षमा शर्मा


तुलसीपुर, २८ माघ । विद्यालय कर्मचारी परीषद् दाङको अध्यक्षमा तप्तबहादुर शर्मा निर्वाचित भएका छन । शनिवार घोराहीमा भएको जिल्ला परिषद भेलाले जिल्लाको शान्तिनगर निवासी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा घोराहीका निमेस श्रेष्ठ, बबई निवासी विमला ओली,सचिवमा घोराहीका घनबहादुर रावत, सहसचिवमा तुलसीपुरका किरण परियार,कोषाध्यक्षमा देउखुरीका छत्रबहादुर चौधरी, सहकोषाध्यक्षमा घोराहीकी गिता पाण्डे सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।

त्यसैगरी संगठन विभाग प्रमुखमा पूर्णबहादुर विक, सदस्यमा अरुण परियार र चन्द्र पुन रहेका छन । त्यस्तै खेलकुद संयोजकमा देवेन्द्रसिंह ठकुरी,आर्थिक संयोजकमा निमबहादुर वली, प्रचार संयोजकमा बसन्त परियार रहेका छन । जिल्ला अध्यक्ष गोविन्द जिसीको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव डम्बरबहादुर वलीको प्रमुख आतिथ्यमा भेला भएको थियो ।

उपाध्यक्ष माधव पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा राष्टिय अधिबेशनबाट उपमहासचिवमा निर्वाचित डम्बर बहादुर वली,केन्द्रीय सदस्य मित्रलाल शर्मा,प्रदेश अधिबेशनबाट अध्यक्षमा निर्वाचित गोविन्द जिसी र सदस्य लक्ष्मण चौधरीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डम्बरबहादुर वलीले कर्मचारी एकजुट भई सरकारसंगको अन्तिम आन्दोलनको आवस्यकता रहेको बताएका थिए ।

कार्यक्रममा विद्यालय कर्मचारीहरु प्रेम कंवर, घनबहादुर रावत लगायतले बोलेको थिए भने कोषाध्यक्ष पुर्णबहादुर विकले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव तप्त शर्माले गरेका थिए ।

Blog Post Ad Blog Post Ad