Ad Area

विकासका लागि राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन : मन्त्री शर्मा


दाङ,१ फागुन । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणका लागि राजनीतिक आग्रह पुर्वाग्रह गर्न नहुने बताएकी छिन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना भएको भेटघाट तथा छलफल कार्यक्रममा यस्तो बताएकी हुन ।

‘‘निवार्चनमा प्रतिष्पर्धा हुन्छ, विकास निर्माणमा सहकार्य गरेर अगाडि वढनु पर्दछ’, उनले भनिन्,‘विकासमा सहकार्य गरौ, राजनीतिमा प्रतिष्पर्धा गरौला ।’ विकास निर्माण आग्रह पूर्व आग्रह गर्दा विकासको काम हुन नसक्ने उनले बताइन् । यसका लागि सबै सरोकारवालाहरु सहकार्य गरेर अगाडि वढन समेत उनले आग्रह गरिन् ।

‘म आफनो स्थानवाट जिल्लाको विकासका लागि अगाडि वढदछु तपाइहरु पनि आफनो स्थान वाट लाग्नु हो’, मन्त्री शर्माले भनिन् । जिल्लामा घोषणा भएको औद्योगिक क्षेत्रको काम अगाडि वढने समेत उनले बताइन् । औद्योगिक क्षेत्रको काममा समस्या नरहेको भन्दै यसले गती लिने उनको भनाइ रहेको छ । यसका लागि आफुले आफनो क्षेत्र वाट पहल गर्ने समेत बताइन् । तुलसीपुरमा रहेको एरपोर्टको डि पी आर गरेर अगाडि वढाउनु पर्ने बताइन् । यसका लागि आफुले सम्वन्धी मन्त्री संग छलफल गरेको समेत उनको भनाइ रहेको छ ।

‘दाङमा ४८, ७२ सिटे जहाज बसाउने अगाडि वढनु बढन आवश्यक छ’ उनले भनिन् । ठुला जहाज वसाउन नसक्दा भाडा समेत महङगो रहेको उनले बताइ । महङगो हुदा धेरै जहाज चढनका लागि नेपालगञ्ज, भैरहवा जानु पर्ने बाध्यता रहेको समेत उनले बताइन् । विमान स्थल सञ्चानमा आएमा यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने बताइन् । चार लेन सडकले विषयमा आफु पहिलेदेखि नै निरन्तर लागि रहेको बताइन् । सबै मिलेर सकारात्मक दवाव दिनु पर्ने समेत उनले बताइन् । त्यस कार्यमा आफुसंगसंगै अगाडि वढने समेत बताइन् ।

कार्यक्रममा सहभागिहरुले राज्य उत्पादनको ज्ञारेन्टी गरिनु पर्ने, परिक्षणको ल्याव स्थापन गर्न राज्यले पहल गर्नु पर्ने बताएका थिए । जिल्लाको संभावनाका क्षेत्रलाइ अगाडि वढनउन राज्यले ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रमा संघका पुर्व अध्यक्ष नारायणप्रसाद भुसाल, संघका उद्योग उपाध्यक्ष अनिल आचार्य, सचिव नरेशकुमार श्रेष्ठ लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा सहभागिलाइ धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।