Ad Area

नेविसंघको आयोजनामा महेन्द्र क्याम्पसमा खेलकुद प्रतियोगिता सुरु


दाङ,१ फागुन । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । इकाइ उपसभापति पूर्ण कार्कीको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका दाङका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको प्रमुख आतिथ्यता एवं निवर्तमान जिल्ला सदस्य निरज गिरीको विशिष्ट आतिथ्यतामा सप्ताहव्यापी प्रतियोगिता सुरु भएको हो ।

सप्ताहव्यापी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसल, पुरुष तथा महिला भलिवल, कुर्सी दौड, घैटाफोडलगायतका खेलकुदका प्रतियोतिगाहरु हुन थालेको नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका इकाइ सदस्य गुरु गौतमले जानकारी दिएका छन् । उनका अनुसार क्याम्पसका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले समूह बनाएर प्रतियोगितामा सहभागी भएका छन् ।

अध्ययनसँगै विद्यार्थीहरुलाई खेलकुदका कार्यक्रमहरुमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी इकाइ समितिले प्रत्येक बर्ष गर्दै आएको प्रतियोगिता कोरोना भाइरसका कारण विगत दुई बर्ष स्थगीत गरेको थियो । प्रतियोगिताको समापन अवसरमा क्याम्पसमा कार्यक्रमको आयोजना गरेर नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रय तय भएको छ ।