Ad Area

विद्यालयमा अक्ष्यकोष स्थापना


दाङ, २ फागुन । घोराही उप महानगरपालिका वडा नं. १९ मा रहेको सिद्धार्थ प्रावि वोल्दीमा ३३ हजार ३ सय ३३ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ ।

घोराही–१८ निवासी समाजसेवी यज्ञराज खत्रीले स्वर्गीय बुवा डिलवहादुर खत्री र आमा पिमादेवी खत्रीको स्मृतीमा उक्त रकममो अक्षय कोषको स्थापना गरेका हुन ।

उक्त अक्षयकोषवाट प्राप्त हुने व्याजवाट विद्यालयमा अध्ययनरत अति विपन्न वालवालिकालाई पुरस्कार प्रदान गरिने भएको छ । अक्षयकोष दातालाई विद्यालय परिवारले धन्यावद दिएको छ ।