दोस्राे हिरा डाँगी स्मृति कप फुटबल सुरु
दाङ,२ फागुन । दाङको तुलसीपुरमा मंगलवारदेखि दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ ।
हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपाने ‘गुन्टुु’ गरेका छन् । उद्घाटन समारोह लाई सम्बोधन गर्दै न्यौपानेले राष्ट्रको सान र गौरवलाई उच्च राख्ने एक मात्र दरिलो माध्यम खेलकुद भएको बताए । उनले खेलकुद राष्ट्रको पहिचान हो,विश्वसामु राष्ट्र लाई चिनाउने माध्यम खेलकुद नै भए पनि राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेको बताए ।
खेलकुदको बिकासमा जुट्नु पर्ने समय आएकोछ देशका राजनीतिक दल सरकार बनाउने र ढलाउनेमा लिप्त हुदा खेल क्षेत्र ओझेलमा परेको उनको भनाई थियो । प्रतियोगिता अन्तरगत आज सम्पन्न उद्घाटन खेलमा टरिगाउ युवा क्लब तुलसीपुर १२ टरिगाउँले बिजयी सुरुवात गरेको छ । बडहरा फुटबल क्लब घोराहीलाई २–० गोलले पराजित गर्दै टरिगाउँले विजयी सुरुवात गरेको हो ।
अरनिको मैदानमा भएको खेलको १२ औ मिनेटमा टरिगाउँका ब्रीजेश बिष्टले पहिलो गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए भने ७३ औ मिनेटमा सन्जु सेन ठकुरीले थप गोल गर्दै टिम लाई दुई सुन्यको जित दिलाउन सफल भए । खेलको म्यान अफ म्याच सुजन राना घोषित भए ।
प्रतियोगीता अन्तरगत भोलि एसएसएफ र फोरब्रदर्श नवलपरासी भिड्नेछन् । खेल दिउँसो साढे दुई बजेदेखि सुरु हुनेछ । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहको छ। प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।