Ad Area

आयुर्वेद पूर्वीय सभ्यताको मात्रै हैन् संसारकै साझा सम्पत्ति हो : राष्ट्रपति भण्डारी


दाङ,३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताएकी छिन् । बुधबार नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले हाम्रो मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योग, प्रणायम, ज्ञान, प्राकृतिक चिकित्साका साथै समुदायमा पाइने शारिरीक मानसिक एवंम् स्वास्थ्य सम्बन्धि लोप हुन लागेका प्राकृतिक पद्धतिलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस विश्व विद्यायलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

साथै उनले कोरोना महामारीपछि विश्वमा नै प्राकृतिक जीवनशैली एवम् आयुर्वेद प्रतिको विश्वास र आर्कषणमा अझै वृद्धि भएको बताएकी छिन् । ‘संस्कृत भाषा र साहित्यमा मानिसभित्रको आन्तरिक क्षमतालाई विकसित र प्रकाशित तुल्याउने क्षमता छ, यसबाट जीवन र गजतलाई हेर्ने, विश्लेषण गर्ने, त्यसप्रतिको धारणा निमार्ण गर्न रचनात्मक दृष्टिकोणको विकास हुन्छ भन्ने कुरामा विश्वस्त रहेको छु’, उनले भनिन् ।

उनले संस्कृत संग केही व्यक्तिगत, भावनात्मक सम्बन्ध रहेको बताउदै जननेता मदन भण्डारी स्वयम् संस्कृत क्षेत्रको उत्पादन भएको स्मरण गरिन् । साथै नेपाली सभ्यताबाट सिजृना भएको ज्ञानलाई अझै विकास गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यस विश्व विद्यालयले ठूलो योगदान पु¥याउने बताइन् ।

त्यस्तै उनले प्राचीन र मध्यकालिन समाजका विविध विषयमा जानकारी दिने हजारौं गहन र दुर्लभ ग्रन्थहरु संस्कृत भाषामा लेखिएको भन्दै संसार भरका अन्वेषकका लागि यी ग्रन्थहरु ज्यादै उपयोगी रहेको उनले बताइन् । हिन्दु मात्रै हैन बौद्ध र जैन साहित्यका प्रस्शत ग्रन्थहरु पनि संस्कृत भाषामा छन् । संस्कृत भाषा र यसको साहित्यका माध्यमले हाम्रा पूर्खाहरुले अमूल्य चिन्तन विवेक रचनात्मक सिजृना र वैचारिक प्रज्ञाको अभिवेदना रहेको उनले बताइन् ।