Ad Area

सर्वाेदय बाल क्वलद्धारा बाल शिक्षा कार्यक्रम


घोराही, ३ फागुन । घोराही उपमहानगरपालिका १४ मा रहेको सर्वाेदय बाल क्लवले बुधबार बाल शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष श्रीज्वल योगीको अध्यक्षतामा एवं घोराही उपमहानगरपालिका अन्तरगतको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोति विश्कर्माको प्रमुख आतिथ्यता र दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्कर्माले बालबालिका र बाल क्लवकै क्रियाशिलतामा यस्ता कार्यक्रम आयोजना हुनु उदाहारिय कार्य भएको बताउनु भयो । सर्वोदय बाल क्लवले बालमैत्री घोषणाका क्रममा पनि क्रियाशिलता देखाएको स्मरण गर्दै बाल क्लवका क्रियाकलापलाई अझ प्रभावकारी बनाउने कुरामा आफ्नो पनि साथ रहने बताउनु भयो । सर्वाेदय बाल क्लवले गर्दै आएका यस्ता कार्यबाट नगरका अन्य बाल क्लवहरुले पनि सिको गर्नुपर्ने बताउनु भयो ।

बाल शिक्षा कार्यक्रमका प्रशिक्षकका रुपमा लाईफ कोचिङ एकेडेमीका देशराज दाहाल रहनु भएको थियो । उहाँले असल र सफल छोराछोरी कसरी बन्ने र बनाउने भन्ने विषयमा बालबालिका तथा अभिभावकहरुलाई प्रशिक्षण दिनुभएको थियो । सकारात्मक सोच समुह दाङका संयोजक सुन्दर गौतमले नैतिक तथा सकारात्मक सोचका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुसाल, घोराही १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी, ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्र घोराही १४ का अध्यक्ष तथा टोलका अध्यक्ष चित्रकान्त आचार्यले उद्घाटन कार्यक्रममा बोल्नु भएको थियो । सार्वजनिक विदाको अवसर पारेर कार्यक्रमको आयोजना गरिएकाले अभिभावक तथा बालबालिकाको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण क्लवका सल्लाकार नवीन श्रेष्ठले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad