Ad Area

भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा


घोराही १५, कार्तिक । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मंगलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको जनाएको छ। समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिले जनाएको छ ।

’यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ,’ समितिले भनेको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ। यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवर्द्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ।

Blog Post Ad Blog Post Ad