Ad Area

लुम्बिनी प्रदेशको मन्त्री परिषदमा जिम्मेवारी हेरफेर


दाङ, ७ फागुन । लुम्बिनी प्रदेशको मन्त्री परिषद्मा जिम्मेवारी हेरफेर गरिएको छ । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री परिषद्को जिम्मेवारीमा हेरफेर गर्नुभएको हो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको हो । कृषि तथा भूमि व्यवस्था मन्त्रीका रुपमा शपथ लिनुभएका तुलसीराम शर्मालाई मन्त्री परिषद्को कार्यालयको जिम्मेवारी तोकी जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

नव नियुक्त मन्त्री अहिर बाँकेको निर्वाचन क्षेत्रनम्वर २ (१) बाट निर्वाचित हुनुहुन्छ । यसैबीच नवनियुक्त मन्त्रीको शपथ ग्रहण कार्यक्रम भोलि सोमबार बिहान ११ वजे हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad