प्रदेशस्तरीय प्रदर्शनीमा बढ्दै जनसहभागिता, आज महानायक राजेश हमाल आउदै


“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रस्तुति रहने छ ।
उहाँसँगै कलाकारहरु जानकी तारमी मगर, सुप्रीम मल्ल, आरुषी मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।