Ad Area

त्रिभुवननगर जेसीजद्वारा गोरखनाथ वैद्धिक गुरुकुललाई सहयोग


दाङ, ८ फागुन । त्रिभुवननगर जेसीजले गोरखनाथ वैद्धिक गुरुकुल चौघेरालाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । चौघेरास्थित वैदिक गुरुकुलको छात्रावासमा आगलागी हुँदा बटुक भान्साघरलगायत जलेर नष्ट भएपछि सहयोग स्वरुप त्रिभुवननगर जेसीजले विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।

गुरुकुलमै पुगेर जेसिज पदाधिकारीहरुले नयाँ बाकस ५ थान, आगलागीमा जलेका ११ थान बाकस मर्मत गरि कुल १६ थान बाकस, ५ थान म्याट, लघु सिद्धान्त कमोदी, चण्डी, अमरकोषलगायत २२ थान धार्मिक पुस्तक, फलफूल, नमकिन, विस्कुट गरी २५ हजार बरावरको सहयोग सामग्री गुरुकुलका प्राचार्य सन्तोषी सुवेदीलगायतलाई हस्तान्तरण गरेका हुन ।आगलागीबाट बटुकहरुलाई पठनपाठनमा समस्या भएपछि बस्ने, खाने र केही सामग्री अभाव हुन नदिन सहयोग गरिएको त्रिभुवननगर जेसिजका अध्यक्ष कुलबहादुर वलीले जानकारी दिए ।

त्रिभुवननगर जेसीजका अध्यक्ष वलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण कार्यक्रममा गोरखनाथ वैदिक गुरुकुलका प्राचार्य सन्तोषी सुवेदी, गुरुकुल व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रकाश भटराई, गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठका महन्थ सुरतनाथ योगीलगायतले मनतव्य राखेका थिए ।

त्रिभुवन नगर जेसीजका कानुनी सल्लाहकार एवं सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक महेश गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन त्रिभुवननगर जेसीजका कार्यकारी उपाध्यक्ष कृष्णदेव थापाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad