Ad Area

देशलाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनको प्रयोग : राजेश हमाल


घोराही, ८ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति राख्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा जारी प्रदर्शनीको छैठौँे दिन महानायक राजेश हमालले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

प्रस्तुति नृत्यसँगै हमालले स्थानीय उत्पादनको प्रयोग गर्न दर्शकहरुलाई अनुरोध गर्नुभयो । उहाँले नेपाललाई आत्मनिर्भर बनाउनकालागी स्थानीय एवं स्वदेशी उद्योगबाट उत्पादन वस्तुहरुको प्रयोग गर्न हमालले अनुरोध गर्नुभयो । उहाँले नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गरेको यस प्रदर्शनीले स्थानीय लघु तथा घरेलु उद्योगबाट उत्पादन भएका बस्तुहरुको बजारिकरणकालागी महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताउनुभयो । साथै उहाँले नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गर्ने स्थानीय उत्पादनको बजारिकणकालागी सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युवाहरुलाई उद्योगको आवश्यकता र यसले पार्ने सकारात्मक प्रभावका विषयमा उहाँले भनाई राख्नुभएको थियो । हमालले दर्शकहरुलाई साना तथा घरेलु उद्योग स्थापना गरि रोजगारीको अवसर सिर्जना गर्न आवश्यक भएको बताउनुभयो । ‘सानो भुगोलमा पनि विविध हावापानीका कारण अनेकौ प्रकारका कृषी उत्पादन गर्न सकिने भएकाले उत्पादित वस्तुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारिकण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो– ‘स्थानीय सीप, साधन र स्रोतको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रयोग गरि देशलाई आत्मनिर्भर बनाउनुपर्ने छ ।’ हमालले स्थानीय उत्पादन प्रयोग गरि स्वास्थ समस्याबाट सुरक्षित रहन र विदेशी वस्तुको आयातलाई प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गरेर विदेशी मुद्रा आर्जन गर्न सम्पूर्ण दर्शकहरुलाई अनुरोध गर्नुभयो ।

‘उद्योगहरु भनेका राष्ट्रका जग हुन्, यीनीहरुको संरक्षण गर्न आवश्यक छ । यसले रोजगारी सिर्जना गरि विदेशी वस्तुको आयातमा कमी ल्याउछ, मैले पनि मेरो जिवनमा सबैभन्दा महत्व दिने भनेको स्थानीय वस्तुको उत्पादन नै हो ।’ हमालले भन्नुभयो– ‘व्यापार भन्दा उद्योगलाई प्रवद्र्धन गर्न र युवा जनशक्तीलाई विदेश जानबाट रोक्न आफ्नै देशमा उद्योग स्थापना गरौ, राष्ट्रको आर्थिक जग बलियो बनाउ ।’

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको छैठौ दिन प्रदर्शनीमा दिन ८ हजार बढि दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

Blog Post Ad

सोमवार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालसँगै जानकी तारमी मगर, सुप्रीम मल्ल, पिताम्बर रिजाल, आरुषी मगर, माधव जोन क्षेत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो ।

मंगलवारका कलाकारहरु

प्रदर्शनीमा नेपाली संगीत क्षेत्रका कलाकारहरु खेम सेञ्चुरी, रितु कडेल, आशा बि.क, सरद समीप, राजेन्द्र चौधरी लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृति उपसमितिले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad