Ad Area

जनज्योति विद्यामन्दिरको रजत महोत्सव


दाङ, ९ फागुन । घोराही उपमहानगरपालिका–१५ मा रहेको जनज्योति विद्या मन्दिरले रजत महोत्सव मनाएको छ । विद्यालयले २५औँ वर्ष प्रवेश गरेको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले विद्यालयहरूले गुणस्तरीय शिक्षा र सभ्य नागरिक निर्माणलाई प्राथमिकतामा राखेर युग र प्रविधिअनुसारको शिक्षा दिनुपर्ने बताए ।

समय र प्रविधिको विकाससँगै शिक्षामा सुधार आवश्यक रहेको भन्दै नगर प्रमुख चौधरीले नगर क्षेत्रका हरेक विद्यालयहरूले वर्तमान अवस्थामा समय सुहाउँदो शिक्षा दिन सक्नुपर्ने बताए । ‘निजी मात्रै होइन, सामुदायिक विद्यालयहरूले पनि बालबालिकालाई गुणस्तरीय र प्रविधिकयुक्त शिक्षा दिन सक्नुपर्छ । त्यसअनुसार आफ्नो विद्यालयमा शिक्षकहरू र आवश्यक पूर्वाधारहरूको विकास गर्नसके मात्रै विद्यालयमा विद्यार्थीहरू टिक्ने छन्’, नगर प्रमुख चौधरीले भने, ‘बदलिँदो समयलाई बुझ्न सकेनन् भने विद्यालयलाई टिकाउन गाह्रो हुनेछ ।’

नगर प्रमुख चौधरीले नगर क्षेत्रका ९६ विद्यालयहरूको माझमा जनज्योति विद्या मन्दिरले आपूmलाई अब्बल रूपमा स्थापित गर्नसकेको भन्दै आगामी दिनहरूमा गुणस्तरीय एवम् प्रविधियुक्त शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका माध्यमबाट विश्व बजारमा योग्य, सक्षम र बिक्नसक्ने जनशक्तिका रूपमा विकास गर्न आग्रह गरेका थिए । विकास र समृद्धिको मूलआधार शिक्षा रहेको भन्दै उनले हरेक नागरिकले आफ्नो सन्तानलाई गुणस्तरीय शिक्षा दिन चाहेको भन्दै त्यो जनज्योतिले पूरा गरिरहेको बताएका थिए ।

जिल्लामा निजी क्षेत्रबिना बालबालिकालाई गुणस्तरीय र विश्वबजारमा बिक्नसक्ने शिक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर प्रमुख चौधरीले सुमदायिक विद्यालयहरू पनि प्रतिस्पर्धात्मक रूपमा अघि बढ्नुपर्ने बताए । नगर प्रमुख चौधरीले अहिले सरकारी विद्यालयबाट मात्रै गुणस्तरीय शिक्षा दिनसक्ने अवस्था नरहेको भन्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै शैक्षिक विकासका लागि निजी विद्यालयको पनि भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले विद्यालयले २४ वर्षको अवधिमा दाङमा शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए । निजी क्षेत्रको लगानीमा २०५४ सालमा स्थापना भएको विद्यालयले यो अवधिमा जिल्लाको शैक्षिक विकाससँगै बालबालिकाको भविष्य निर्माणमा पु¥याएको योगदानलाई बिर्सन नसकिने बताएका थिए ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दाङका वरिष्ठ सल्लाहकार केशव थापा, घोराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्द, विद्यालयका अभिभावक समेत रहेका नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सविन प्रियासन, विद्यार्थी आभा शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल मदनराज रेग्मीले समग्र विद्यालयको वर्तमान अवस्थासँगै आगामी योजनाका बारेमा जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जीवनकुमार आचार्यले गरेका थिए ।

Blog Post Ad

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक प्रदर्शनीसँगै नृत्य देखाएका थिए । विद्यालय रजत जयन्तीका अवसरमा पत्रकारिताका माध्यमबाट विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि भूमिका खेलेको भन्दै गोरक्ष राष्ट्रिय दैनिक, नयाँ युगबोध राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोष्ट राष्ट्रिय दैनिकलाई सम्मानपत्र प्रदान गरेको थियो । यसैगरी कार्यक्रममा विद्यालयमा अध्ययन गरेर अहिले सामाजिक विभिन्न क्षेत्रमा कार्यरत रहेर देश र समाजका लागि योगदान पु¥याइरहेका पूर्व विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा २१ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू गरी मनाएको छ । सो अवसरमा जनज्योति रजत वर्ष स्मारिकाको विमोचन तथा रजत स्मारकको समुद्घाटन नरुलाल चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad