Ad Area

नागरिक समाजले बुझायो मुख्यमन्त्री गिरी समक्ष २४ बुँदे ध्यानाकर्षण


घोराही, १० फागुन । नागरिक समाज दाङले जिल्लाको समग्र विकासमा ध्यान दिन अपिल गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । समाजका संयोजक केबी मसाल, सचिव नारायणप्रसाद श्रेष्ठसहितको पदाधिकारी टोलीले मुख्यमन्त्रीको कार्यालय राप्ती उपत्यका देउखुरी पुगेर बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा दाङ जिल्लामा प्रदेश सरकारद्वारा निर्माण हुन थालेका कैयौं सडक आयोजनाहरु सअलपत्र अवस्थामा रहेको हुँदा नागरिकहरुले निकै कठिनाइ भोग्नु परेकाले काम चाँडो सम्पन्न गर्न भनिएको छ । यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस, बिएस्सी नर्सिङ र एम.डी. कक्षा सन्चालन गर्न भौतिक पूर्वाधार विकास कार्यक्रम तर्जुमा गर्न आवस्यकता भएको, राप्ती प्रादेशिक अस्पताल लगायत लुम्विनी प्रदेशका अपस्पताललाई स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश सरकारले साथ सहयोग र समन्वय गर्ने कार्यलाई प्राथमिकता दिन जरुरी रहेको कुरा पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

दाङमा सन्चालित कतिपय कसर उद्योगहरु निर्धारित मापदण्ड अनुसार सन्चालित नहुनुका साथै प्राकृतिक श्रोत साधनको अवैध दोहन भएको तर्फ नागरिक समाज दाङले लामो समय देखि निरन्तर आवाज उठाउदै आएपनि यसतर्फ ठोस प्रभावकारी कार्य नभएको हुँदा प्रदेश सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।

प्रदेशभित्र शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रदेश प्रहरीको व्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ भने भूमिको वर्गाीकरण गर्ने र भूमिहीन एवम् सुकुम्बासीहरुको समस्या समाधान गर्न पहल गर्न तर्फमा ध्यानाकर्षण गराइएको छ ।

दाङको कोइलाबास भन्सारलाई स्तरोन्नती गरी नेपाल–भारत व्यापारी नाकाको रुपमा बिकास गर्न, घोराही तुलसीपुर चारलेन सडक सुधार निर्माण अलपत्र अवस्थामा रहेको हुँदा नागरिकहरुको जीउ ज्यानको नोक्सान भैरहेकोले यथाशीघ्र निर्माण कार्यलाई अघि बढाउन पहल गर्न, प्रदेश राजधानीसंग जोडने निर्माणाधीन द्रुत सडक मार्गलाई निर्धारित समय भित्र सम्पन्न गर्नतर्फ पहल गर्न, प्रदेशभित्र रहेका सांस्कृतिक धरोहर र पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउने काममा आवश्यक योजना बनाउन पनि ध्यानाकर्षण गराइएको समाजका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्रमा खेलकुदको विकास गरी युवा जन शक्तिलाई सशक्त बनाउन प्रदेश सरकारले अग्रसर देखाउनुपर्ने, सामाजिक विकृतिका रुपमा देखा पर्दै गएको लागुपदार्थ दुव्र्यसनलाई निर्मूल गर्न आवश्यक योजना बनाउन, संस्कृत विश्वविद्यालय बेलझुण्डी व्यवस्थित रुपले परिचालन गरी नमूना विश्वविद्यालय बनाउन प्रदेश सरकारले योजना ल्याउन, दाङमा रहेको टरिगाउँ विमानस्थललगायत पहाडी जिल्लामा निर्माणाधीन र निर्माण भै सकेका बिमानस्थल स्तरोन्नती गर्नेतर्फ पनि प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ । प्रदेश भित्र सुशासन, समृद्धि विकासलगायत नागरिकका चासोका अन्य विषयहरुमा प्रदेश सरकार र त्यस अन्तरगतका निकायहरु जनताप्रति उत्तरदायी र जबाफदेहि हुन जरुरी रहेको पनि औँल्याईएको छ ।

Blog Post Ad

बढ्दो भ्रष्टाचार, काममा ढिलासुस्ती र अनिमियता जस्ता कार्यले श्रोत साधनको दुरुपयोग र गुणस्तरीय सेवा सुविधामा अवरोध पुर्याउने काम भएकाले सुशासन प्रवद्र्धन गर्न पनि ध्यानाकर्षण गराईएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री गिरीले देश र नागरिकको पक्षमा आफुले कदम चाल्न सपथ लिएको हुँदा नागरिक समाजले उठाएको विषयहरुमा गम्भीर रहेको बताउनुभयो । नागरिक समाजले उठाउँदै आएको आवाजलाई सकारात्मक रुपमा लिँदै जायक विषयमा आफुले सरोकार निकायहरुसँग परामर्श गरी कामको नतिजा देखिने गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Blog Post Ad Blog Post Ad