Ad Area

प्रदेशस्तरीय प्रदर्शनीबाट सुरु भयो हात्तिपाईले रोग निवारण औषधी सेवन अभियान


घोराही, ११ फागुन दाङमा राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०७९ सुरु भएको छ । कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रम घोराहीबाट सुरु गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ स्थल घोराही उपमहानगरपालिका १४ झिगौरामा औषधी सेवन गरेर अभियानको सुरुवात गरिएको हो । घोराही उपमहानगरपालिका, स्वास्थ्य कार्यालय दाङको आयोजनामा प्रदर्शनी स्थलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरिएको थियो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा भएको अभियानको औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले औषधी सेवन गरेर अभियानको उद्घाटन गर्नुभएको थियो ।

जसमा प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, घोराही उपमहानगरपालिकाको उपप्रमुख हुमा डि.सी, स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुवर, घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढा, प्रदर्शनी आयोजक मूल समितिका संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदीप मजगैयाँ लगायत जनप्रतिनिधी, पत्रकार, प्रदर्शनी आयोजक समितिका पदाधिकारी एवं दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले हात्तिपाईले रोग निवारण औषधी सेवन गर्न सम्पूर्णमा अनुरोध गर्नुभएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना गरेको छ ।
प्रदर्शनीमा औषधी दैनिक उपलब्ध

Blog Post Ad

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ स्थलमा हात्तिपाईले निवारण औषधी दैनिक उपलब्ध हुने भएको छ । प्रदर्शनीको स्वास्थ्य स्टलमा हात्तिपाईले निवारण औषधी दैनिक उपलब्ध हुने आयोजक मूल समितिले जानकारी दिएको छ । ईच्छुक व्यक्तीहरुले सम्पर्क गर्न पनि आयोजकले अनुरोध गरेको छ ।

Blog Post Ad Blog Post Ad