Ad Area

घोराही मेलामा शुक्रवार एलिना चौहानको प्रस्तुती


घोराही, ११ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा शुक्रवार गायीका एलिना चौहानले प्रस्तुती दिने भएकी छिन् ।

महासंघको आयोजनामा फागुन ३ गतेदेखी घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनीमा नेपाली संगित क्षेत्रका पछिल्लो समयको लोकप्रीय गायीका चौहानको प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा चौहानको फागुन १२ गते एलिना चौहानको प्रस्तुति रहने छ । पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ ।

त्यसैले उहाँ युवाहरुमाझ लोकप्रीय हुनुहुन्छ । उहाँको ‘धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रय छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad