Ad Area

कारोबारको अन्तिम दिन सेयर बजारमा पहिरो


घोराही, ११ फागुन । हप्ताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा पहिरो गएको छ । आज सेयर बजार परिसूचक नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२.६४ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएको छ । त्यसमा पनि लघुवित्त समूहको सेयर चार सय १२ अंकले घटेको छ ।

यस दिन ३७ वटा लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने आठवटा लघुवित्त कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

पछिल्लो समयदेखि लघुवित्तका कारण नागरिक समस्यामा परेका समाचार बाहिरिएसँगै यो समूहको सेयरमा पहिरो गएको हो। हिजो मात्रै राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गर्ने निर्णय गरेको छ । त्यसको असरले पनि यो समूहको सेयर उच्च अंकले ओरालो लागेको हो ।

सेयर बजार घटे पनि कारोबार रकममा भने हिजोको तुलनामा केही वृद्धि भएको छ । आज दुई सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५२ करोड रुपैयाँ कारोबार भएको छ ।

आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको आठ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ । समग्रमा बजार घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad