Ad Area

व्यवसायीहरुविच मैत्रीपूर्ण शनिवारबाट


दाङ, ११ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा व्यवसायीहरुविच मैत्रीपूर्ण प्रतियोगीता शनिवारबाट सुरु हुने भएको छ ।

यही फागुन १३ गते शनिवार विहान फुटवल प्रतियोगीता हुने फुटवल प्रतियोगीता समितिका संयोजक माधव खनालले जानकारी दिएका छन । संघले स्थापना दिवसको अवसरमा विभिन्न प्रतियोगीता आयोजना गरेको छ ।

प्रतियोगीतामा सहभागिताका लागि सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुलाई संघले आग्रह गरेको छ । संघको स्थापना दिवस आउदो चैत ९ गते मनाउने भएको छ । २०२७ सालमा स्थापना भएको संघले स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउदै आएको छ ।

Blog Post Ad Blog Post Ad