अल्लोले बढाएको लुम्विनी प्रदेशस्तरीय प्रदर्शनी
घोराही, १२ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा दाङको पहिचान अल्लोबाट बनेका सामाग्रीहरु राखिएको छ । लुम्म्बिनी प्रदेशका विभिन्न जिल्लाका अल्लो उद्योगहरुले अल्लोका सामाग्रीहरु प्रदर्शनीमा राखका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा गरेको प्रदर्शनीमा अल्लोको ७ वटा स्टलहरु छन् । “साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्विनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा मुख्य गेटबाट प्रवेश गर्ने बित्तिकै अल्लोबाट बनेका विभिन्न सामाग्रीहरु राखेका स्टलहरु छन् । अल्लोबाट बनेका कपडा, जुत्ता, चप्पल, ब्याग, क्याप, टोपी, कोट, जुहारी कोट, मोदी कोट, सल, पर्स, किरिंग, मोबाईल ब्याग, अल्लो धागो लगायतका सामाग्रीहरु राखिएको छ ।
जसमा स्टल नम्बर १ सय ३ मा राष्ट्रिय अल्लो उद्यमी संघ, १ सय ४ मा विश्वासिलो अल्लो तथा कपडा उद्योग, स्टल न. १ सय ५ र १ सय ६ मा युनिक दिदि बहिनी अल्लो उद्योग घोराही, र स्टल न. १ सय ८, १ सय ९ र १ सय १० मा प्रेम निश अल्लो उद्योग, सुभ सौगात दाङ कोशेली घर र चिनारी महिला साझेदारी अल्लो उद्योग घोराहीले स्टलहरु राखेका छन् ।
अल्लोको बजार पछिल्लो समय फस्टाउदै गएको र दर्शकहरुले पनि धेरै मात्रामा प्रयोग गर्ने गरेको प्रेम निश अल्लो उद्योगका सञ्चालक प्रेमकुमारी पुनले बताउनुभयो । प्रदर्शनीमा पनि निशुल्क रुपमा स्टल आफूहरुले पाएको र दर्शकहरुले पनि अवलोकनकालागी एवं खरिद गर्ने गरेको उहाँले जानकारी दिनुभयो । अन्य जिल्लाहरुमा पनि स्टल लग्ने गरेको बताउदै उहाँले दाङमा यसको राम्रो विक्री हुने गरेको पुनले बताउनुभयो ।
प्रदर्शनीमा आउने दर्शकहरुले अल्लोको सामाग्रीहरुको अवलोकनसँगै सामाग्रीहरु किनमेल गर्न आउने गरेको यूनिक दिदीबहिनी अल्लो उद्योगका हिसीला वलीले बताउनुभयो । अल्लोको बारेमा बुझ्नसँगै किनमेलकालागी आउने गरेको उहाँले बताउनुभयो ।
स्थानीय उद्योग एवं उत्पादनलाई प्राथमीकता दिएर निशुल्क रुपमा स्टलहरु प्रदान गरिएको र जसमा अल्लो उद्योगहरुले उत्साहका साथ स्थानीय उत्पादित अल्लोका सामाग्रीहरु राखेको स्टल व्यवस्थापन समितिका संयोजक सीता मल्लले जानकारी दिनुभयो ।
सांस्कृतिक कार्यक्रममा कलाकारहरुको प्रस्तुती
प्रदर्शनीको नवौँ दिन पनि सांस्कृति कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुति राखेका छन् । नवौ दिन विहीवार हास्य कलाकार कमल गाउले, गायक हिमाल सागर, गायीका सिर्जु अधिकारी, गायीका ईन्दिरा गैरे, मोडल रुबिना अधिकारी लगायतले प्रस्तुति राख्नुभएको थियो ।
लोकदोहोरीमा प्रतिष्ठान र नृत्यमा गोर्खा स्कूल प्रथम
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा लोकदोहोरी गीत प्रतियोगीता र लोक नृत्य प्रतियोगीता सम्पन्न भएको छ ।
लोकदोहोरी गीत प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ ‘ए’ प्रथम, देउराली दोहोरी साँझ घोराही दृतिय, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दाङ ‘बी’ र बागीना कला पुञ्ज तुलसीपुर तृतिय भएको प्रतियोगीताका संयोजक प्रेम शर्माले जानकारी दिनुभयो ।
यस्तै विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीतामा गोर्खा ईन्टरनेशनल पब्लीक सेकेण्डरी स्कूल घोराही– १४ प्रथम, ज्ञानज्योति एजुकेशनल एकेडेमी घोराही– १३ डुम्मरगाँउ दृतिय, मेरिल्याण्ड पब्लीक एकेडेमी घोराही– १३ सेवार तृतिय र मदन भण्डारी मेमेरियल स्कूल घोराही– १७ गुलरिया सान्त्वना भएको प्रतियोगीताको व्यवस्थापन गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
लोकदोहोरी गीत प्रतियोगीतामा १२ र लोकनृत्य प्रतियोगीतामा १६ टीमको सहभागीता रहेको थियो ।
एलिना चौहान आउदै
प्रदर्शनीको दशौँ दिन शुक्रवार लोकप्रीय गायीका एलिना चौहानको प्रस्तुति रहने भएको छ । पछिल्लो समयको लोकप्रीय गायीका चौहानको शुक्रवार प्रस्तुत रहने आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवमा चौहानका धेरै प्रस्तुतिहरु भाईरल भएका छन् ।
उहाँसँगै कलाकारहरु गोपाल नेपाली, रुबिना अधिकारी लगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक सुरज बुढाथोकीले जानकारीरु दिनुभयो ।