Ad Area

पाण्डबखानीमा ढाका कपडा तालिम सुरु


सुरेश छन्त्याल
पाण्डबखानी,११ फागुन । पाण्डवखानीमा ढाकाको कपडा सिलाई तथा स्तरउन्नति तालिम सुरु भएको छ ।

कृषि, पर्यटन, स्थानीय सीप र पूर्वधार समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने नाराका साथ गलकोट नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने ढाका कपडा बुनाइ स्तरउन्नती सीप विकास तालिम सुरु भएको हो ।

गलकोट नगरपालिका–१० पाण्डबखानीको सिएमसी भवनमा संचालन भएको छ। गलकोट नगरपालिका–१० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाको अध्यक्षतामा महिला जागरण केन्द्र पाण्डबखानीका अध्यक्ष राधिका पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सदस्य रामप्रसाद विक, वडा सदस्य मनकुमारी श्रीस, नवज्योति प्राविका प्रअ आशा श्रीस, सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक दिप घर्ती तालिम प्रशिक्षक भावना पुनलगायतले तालिमको सफलताको शुभकामना दिएका थिउ ।

कार्यक्रमको संचालन गुलाफ दुलालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad