Ad Area

घोराहीमा जारी प्रदर्शनी तीन दिन थप


घोराही, १२ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ तीन दिन थप गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ फागुन ३ देखी१३ गतेसम्म आयोजना गरिएको प्रदर्शनी तीन दिन थप भएसँगै फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । घरेल्ु तथा साना उद्योग महासंघ एवं दर्शकहरुको माग अनुसार तीन दिन थप गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

प्रदर्शनी थप भएसँगै स्थानीय साना तथा घरेलु उद्योगीहरु पनि खुसी भएका छन् । ‘हामीले निशुल्क स्टल पाएर अल्लोको कपडाहरु राखेका छौँ, आयोजकले प्रदर्शनी तीन दिन थप गरेको जानकारी पाँयौ ।’ अल्लो व्यवसायी प्रेमकुमारी पुनले भन्नुभयो– ‘एकदमै खुसी लागेको छ । हामी साना उद्योगीहरुकालागी यो महत्वपूर्ण अवसर हो ।’

Blog Post Ad Blog Post Ad