Ad Area

जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु


दाङ, १२ फागुन । दाङ जिल्लास्तरीय १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ शुक्रबारदेखि सुरु भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना प्रतियोगिता बेलझुण्डी रंगशालामा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्विनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले भौगोलिक भुवनोट र हावापानीका दृष्टिकोणले उत्तम दाङलाई नीतिगत रुपमा खेलकुदको गन्तव्यका रुपमा विकास गर्न आफुहरु लागि पर्ने बताउनुभएको छ । ‘खेलकुदको गन्तव्य बन्न खेल पूर्वाधार पहिलो आधार हो’, कार्यक्रमका प्रमुख अतिथि मास्कीले भन्नुभयो,‘प्रदेशस्तरबाट खेल पूर्वाधार बिकास, खेल गतिविधिलगायतको नीतिगतविकासका लागि पहल गर्ने छु ।’ खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग भएको भन्दै राम्रो खेल्ने खेलाडीले आफ्नो नामसँगै दाम समेत कमाउने अवसर खेलकुदले बनाउने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराईले स्थानीय तहले ग्रामीणस्तरबाटै खेल क्षेत्रको विकासका लागि स्पष्ट खाँका कोर्ण आवश्यक रहेको बताउनुभएको थियो । ‘स्थानीय तहमा खेलकुद छ तर औपचारिकतामा मात्र सिमित छ’,सदस्य सचिव भट्टराईले भन्नुभयो,‘स्थानीय तहमा खेलकुद विकासको स्पष्ट नीति निर्देशिका बन्नुपर्छ । अनि मात्र खेलकुदले अपेक्षाकृत रुपमा फड्को मार्छ ।’ तीन दिनसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका १० स्थानीय तहस्तरका रनिङ शिल्डमा प्रथम र दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजी विद्यालयका छात्र तथा छात्राहरुको सहभागीता रहेको छ ।

यसैबीच शुक्रवार सम्पन्न एथलेटिक्सतर्फका ट्रयाकतर्फ १०० मिटर छात्र जनप्रिय बोर्डिङ स्कुलका सुजल डाँगी प्रथम, अमृत विद्यामन्दिरका अनिश खड्का दोस्रो र नेपाल पुलिस स्कुल घोराहीका अनिश चौधरी तृतीय हुनुभएको छ । त्यस्तै छात्रातर्फ गोरक्षरत्न माध्यामिक विद्यालय घोराहीकी गरिमा चौधरी प्रथम, नेपाल पुलिस स्कुल घोराहीकी कविता गौतम दोस्रो र मावि तुलसीपुर सेन्टरमा अध्ययनरत रितु राना तृतीय हुनुभएको हो ।

त्यसैगरी २०० मिटर छात्र दौडतर्फ जनप्रिय स्कुलका सुजल डाँगी प्रथम, गोरखा मावि घोराहीका अजित चौधरी दोस्रो र नेपाल पुलिसका अनिश चौधरी तृतीय, छात्रातर्फ आदर्श मावि देउपुरकी निरमाया चौधरी प्रथम, गोरक्षरत्न मावि घोराहीका गरिमा चौधरी र गोरखा मावि तुलसिपुरकी धवनी नेपाली तृतीय हुनुभएको छ । १५०० मिटर छात्र सिर्जना बालबाटिकाका सन्तोष चौधरी प्रथम, ज्ञानसिन्दु घोराहीका सुमन बुढा दोस्रो र जनकल्याण मावि सिमसुन्दरपुरका कमल कठायत तृतीय,छात्रातर्फ गोरखा मावि तुलसीपुरका मोतिकला डाँगी प्रथम, गोरखा घोराहीका सिमा झाँक्री दोस्रो र मावि पदमपुरकी अन्जु वली तृतीय हुनुभएको छ ।

एण्ड फिल्ड ईभेन्ट्स सटपट छात्रतर्फ जनश्रम मावि खाद्रेका सुनिल खड्का प्रथम,रोजी वर्डस लमहीका भीमेश्वर चौधरी दोस्रो र नेपाल राष्ट्रिय माविका नवीन केसी, छात्रातर्फ वीपी मावि बयालेका आरती राना प्रथम, सिद्धपृथ्वी मावि श्रीगाउँका माया घर्ती दोस्रो र ग्रेटअरनिको मावि तुलसीपुरका सिन्दु चन्द तृतीय हुनुभएको प्रतियोगिता सचिवालय सदस्य टेवल टेनिसका सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिनु भएको छ । प्रतियोगितामा शनिवार एथलेटिक्स, भलिबल, कबडी, कराँते र तेक्वान्दो खेलहरु हुनेछन् ।

Blog Post Ad

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका दाङका उपाध्यक्ष चेतना चौधरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर डाँगीलगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला सदस्य नोखी रावतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष ध्रुव आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad