Ad Area

प्रदेशस्तरीय प्रदर्शनी, गायीका एलिना चौहानसँगै झुमे दर्शक


घोराही, १२ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा शुक्रवार गायीका एलिना चौहानसँगै दर्शकहरु झुमेका छन् । पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ । सोही आधारमा पनि प्रदर्शनीमा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उहाँको ‘धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रीय छ । जुन गीत उहाँले दुई पटक गाउनुभयो । विशेष गरि यो गीतमा भिडियो बनाएर टीकटकमा अपलोड गर्नकालागी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चौहानको प्रस्तुतिमा सबैजसो दर्शकहरुले हातमा मोबाईल लिएर भिडियो बनाईरहेको देखिन्थ्यो । दर्शकहरु गीतको तालमा नाच्दै भिडियो बनाउनमा व्यस्त हुनुभयो । चौहानले धोकेबाज हौ तिमी, के माया लाग्छ र, मिनरल वाटर, मेरो छुनुुमुनु हौ, गोदाबरी वनैमा’ लगायत एक दर्जन गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

चौहानसँगै गायीका शीतल शर्मा, गायक माधव जोन खत्री, गायक गोपाल नेपाली जि.एम, मोडल रुविना अधिकारी लगायतका कलाकारहरुले प्रस्तुति रहेको थियो । “साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ महासंघको आयोजनामा फागुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको छ । प्रदर्शनीको समापन १६ गते हुनेछ ।

शनिवार चक्र बम र टीका सानु

प्रदर्शनीमा शनिवार पनि चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । शनिवार कलाकारहरु चक्र बम, लोकदोहोरी गायीका टीका सानु, गायीका रेश्मा पुन, मोडल साखीरा मगर, सान्तराम सेञ्चुरी लगायतका कालकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad