Ad Area

महोत्सवमा निशुल्क शान्तिको प्रचार गर्दै आत्मज्ञान


दाङ,१२ फागुन । आत्मज्ञान प्रचार संघ दाङले घोराहीमा जारी महोत्सवमा सहभागी हुने मानिसहरुलाई शान्ति प्राप्तीको बारेमा जानकारी गराउने गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा भैरहेको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा स्टल नं. १९ बाट संघले महोत्सवमा सहभागी हुने नागरिकहरुलाई निशुल्क रुपमा शान्ति प्राप्तीको बारेमा जानकारी दिदै आएको हो ।

स्टलमा भिडियोसँगै प्रर्चाका माध्यमबाट आत्मज्ञान प्रचार संघका प्रवद्र्धक प्रेम रावतका प्रवचनहरु सहभागीलाई देखाउने र सुनाउने गरिर्दै आएको आत्मज्ञान प्रचार संघ घोराही केन्द्रका प्रचार सहायक लिलाधर पाण्डेयले जानकारी दिएका छन् ।

प्रचार सहायक पाण्डेयका अनुसार महोत्सवमा रहेको स्टलबाट दैनिक दुई सय बढीले शान्तिको सन्देश लिएर आफुलाई आनन्दित बनाई राख्नुभएको छ । स्टलबाट शान्तिको सन्देशका रुपमा जीवन दर्शन,शान्ति, पारिवारिक सुख,जीवनको उद्देश्यलगायतका बारेमा सहभागीहरुलाई सन्देश दिने गरिदै आइएको छ ।

महोत्सवमा एक हजार बढीले शान्तिको सन्देश लिएको र आफुलाई राम्रो लागेकाले आगामी दिनमा समेत सुन्न चाहेको बताउने गरेको आत्मज्ञान प्रचार संघ दाङले जनाएको छ । महोत्सवको अवधिभर महोत्सवस्थलमा रहेको स्टल नं. १९ बाट शान्तिको सन्देश लिन समेत सम्पूर्ण जिल्ला संघले आग्रह गरेको छ ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad