Ad Area

दाङ महिला जेसीजद्वारा पूर्व परिचय तालिम सम्पन्न


घोराही, १३ फागुन । दाङ महिला जेसीजको आयोजनामा पूर्व परिचय तालिम सम्पन्न भएको छ । जेसीजकी शाखा अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा त्रिभुवननगर जेसीजका पूर्वअध्यक्ष नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा शनिबार महिला जेसीजको सचिवालयमा तालिम सम्पन्न भएको हो । प्रमुख प्रशिक्षकसमेत रहनुभएका पूर्वअध्यक्ष अधिकारीले सहभागीलाई जेसीजको मूलभूत सिद्धान्त तथा यसमा रहँदा अपनाउनुपर्ने प्रकृयाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

जेसीजमा आवद्ध भएपछि व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा पनि भूमिका खेल्न के–के कुरामा ध्यान दिनुपर्छ भन्नेलगायत विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभयो ।

यसैगरी, सहायक प्रशिक्षक दाङ महिला जेसीजकी पूर्वअध्यक्ष बिमला शर्माले आफ्नो अनुभव सुनाउँदै जेसीजले व्यक्तित्व विकासका साथै समाजमा आफुलाई पहिचान स्थापित गराउन थुप्रै अवसर सिर्जना गर्ने हुँदा यसबाट धेरै लाभ मिल्ने बताउनुभयो । महिलाहरुको वाक क्षमता विकाससँगै सामाजिक क्षेत्रमा अग्रसर गराउन र मानवीय सेवामा लाग्न जेसीजको सिद्धान्तले ठूलो हौसला मिल्ने सहभागीहरुलाई बताउनुभयो ।

तालिममा सहभागी भएपछि प्रशिक्षार्थी सोफिया क्षेत्रीले महिला जेसीजले व्यक्तित्व र नेतृत्व विकासका लागि थुप्रै अवसर सिर्जना गर्ने थलोका रुपमा रहेको हुँदा हरेक युवाहरु जेसीजमा जोडिनुपर्ने बताउनुभयो । प्रशिक्षण हुनुअघि तालिम विभागकी संयोजक एवम् पूर्वअध्यक्ष सुशीला पौडेलले कार्यक्रमको विषयबस्तु र उद्देश्य बारेमा जानकारी गराउनुभएको थियो ।

कुल २३ जना सहभागी भएको तालिममा आस्थापाठ उपाध्यक्ष आकृति शर्माले गराउनुभएको थियो भने धन्यवाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष दिलु मल्लले गर्नुभएको थियो । जेसीज उपाध्यक्ष भीमा डिसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad