Ad Area

रिप्लान्टका व्यावसायिक सहजकर्तालाई बिक्री क्षमता विकास तालिम


घोराही, १३ फागुन । ग्रामीण महिला उत्थान केन्द्र र आइडीई नेपालसँगको साझेदारीमा दाङमा संचालित रिप्लान्ट परियोजना सामुदायिक व्यावसायिक सहजकर्ताहरुको लागि बस्तु बिक्रि क्षमता विकास तालिम शुरु भएको छ ।

घोराहीमा शनिबारदेखि शुरुभएको उक्त तालिम ३ दिनसम्म चल्नेछ । ग्रामीण महिला उत्थान केन्द्र दाङकी संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र दाङका प्रमुख घनश्याम चौधरीको प्रमुख आतिथ्यमा गरिएको सामुदायिक व्यावसायिक सहजकर्ताहरुका लागि बस्तु बिक्री क्षमता विकास तालिममा परियोजना लागू भएको जिल्लाको घोराही, तुलसीपुर, दंगीशरण, लमही र राप्ती गरी पाँच पालिका सहजकर्ताको सहभागीता रहेको छ ।

नयाँ प्रविधिको पहुँचमार्फत फसलपछिको घाटा कम गर्ने लक्ष्यका साथ सन् २०२४ सम्मका लागि लागू भएको परियोजनाका लागि छनोट भएका सहजकर्तालाई आपूर्ति श्रृङखलाको विकास, सुधार, वित्तमा पहुँच अभिवृद्धि, बाली बिमामा पहुँच अभिवृद्धि, प्रसार सेवाहरु परियोजनाको क्रियाकलापमा कृषकलाई जोड्न तथा यसको महत्वका बारेमा जानकारी गराउने लक्ष्यका साथ प्रशिक्षण दिने काम भईरहेको छ ।

उदघाटन समारोहमा कृषि ज्ञान केन्द्र दाङका प्रमुख घनश्याम चौधरीले उत्पादन र बजारीकरणमा सबै पक्ष जिम्मेवार बन्न जरुरी रहेको बताउनुभयो । कृषि क्षेत्र प्रवद्र्धनका लागि हर्मेटिक ब्यागको उपयोगीताका साथै यसको आयाममा कृषकहरुको पहुँच बढाउन सकेमा बालीनालीको स्याहारमा हुने क्षति कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आईडीई नेपालका कार्यक्रम व्यवस्थापक अष्ट प्रजापतिले उद्मशीलतामा रिप्लान्ट परियोजना नयाँ आयाम भएको हुँदा व्यावसायिक सहजकर्ताले लक्षित समुदाय र बिक्रेता बीच सम्बन्ध बलियो बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । रिप्लान्टको फिल्ड व्यवस्थापक कल्पना धितालले आपूर्ति श्रृंखलाका पात्रहरुको औसत मासिक बिक्रीमा सतप्रतिशत वृद्धि हुने हुँदा हर्मेटिक भण्डारण प्रविधिहरु अपनाउने लक्षित साना किसानहरुको बालीको प्रति एकाई घाटामा औसत ८० प्रतिशत कमि हुने बताउनुभयो ।

Blog Post Ad

संस्थाकी अध्यक्ष आशमानी चौधरीले परियोजनामा जोडिएपछि आउने अनेकौ सम्भावनालाई सही ढंगले उपयोग गर्दै व्यावसायिक क्षमता विकाससँगै व्यक्तित्व विकासमा लाग्न समुदायिक व्यावसायिक सहजकर्तालाई अपिल गर्नुभयो । कार्यक्रम अधिकृत श्रृष्टी शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुपरभाइजर अरबिन्द चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad