Ad Area

शान्तिनगरको घटना प्रति कर्मचारी संगठन, दाङको ध्यानाकर्षण


घोराही, २१ फागुन । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति दाङले शान्तिनगर गाउँपालिकामा भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीले आईतबार एक विज्ञप्ति जारी गर्दै शान्तिनगर गाउपालीका फागुन १९ गते कार्यालयको कामको सन्दर्भमा गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतको कार्यकक्षमा बसिरहेको अवस्थामा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का माथि भएको अभद्र व्यवहार, गालीगलौच र आक्रमणको प्रयासको घटना आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
अध्यक्ष केसीले स्थानीय सरकारको जिम्मेवार पदमा रहेका जनप्रतिनिधीबाट भएको व्यवहर अत्यन्तै निन्दनीय र दुःखद रहेको जनाउँदै उक्त घटनाको घोर निन्दा र भत्सर्ना गर्नुभएको छ ।

उहाँले कुनैपनि विवाद, असहमति र असुविधा भए त्यसको कानूनी निरुपणको बाटो हुँदाहुँदै कानूनलाई हातमा लिने कार्य निन्दनीय र दुःखद रहेको हुँदा त्यसप्रकारको घटनामा संलग्न दोषीलाई अबिलम्व कानूनी दायरामा ल्याई कानून बमोजिम कारबाही गर्न पनि सम्वन्धित निकाय समक्ष जोडदार माग गर्नुभएको छ ।

अन्यथा राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहित र सुरक्षाको लागि नेपाल निजामती कर्मचारी संगठन कडारुपमा अगाडी बढ्न बाध्य हुने चेतावनी दिनुभएको छ । त्यसबाट पर्नसक्ने असर प्रभाव र क्षतिको जिम्मेवार स्वयम् स्थानीय सरकार हुने हुँदा आम राष्ट्रसेवक कर्मचारीहरुको कार्यस्थलको सुरक्षा र शान्तिपूर्ण रुपमा नागरिकको सेवामा खटिने वातावरण मिलाउन संगठनका अध्यक्ष केसीले नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad