Ad Area

घोराही–तुलसीपुर सडक आधा घण्टा अवरुद्ध


घोराही, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले घोराही–तुलसीपुर सडकखण्ड आधा घण्टा अवरुद्ध गरेको छ ।

घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुर नगर कमिटीले आइतवार बिहान तुलसीपुरको हात्तीखौवामा बिहान ११ बजेदेखि ११ः३० सम्म उक्त सडक अवरुद्ध गरेको हो ।

तत्काल सडक निर्माण सुरु नभए थप अन्दोलन गर्ने नेकपाले चेतावनी दिएको छ । दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर सडक चार वर्षदेखि अलपत्र छ ।

भारतको तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले जिम्मा पाएको सो सडक चार वर्षमा १० प्रतिशतमात्र भएको छ ।

Blog Post Ad Blog Post Ad