Ad Area

२५ दिनपछि छोराको शव बुझ्दै रुपलाल


दाङ,२४ फागुन । हत्या भएको २५ दिनपछि रोल्पाको रून्टीगढी गाउँपालिका–२ निवासी रुपलाल विकले आफ्नो छोराको शव बुझ्न थालेका छन् । २० वर्षीय छोरा राजेन्द्र विकको गत माघ २९ गते राति हत्या भएको थियो । हत्या भएको भोली पल्ट फागुन १ गते राम्ली सामुदायिक वनको भिरमुनि खोँचमा शव स्थानीयले फेला पारेका थिए ।

राजेन्द्रको हत्यामा गाउँकै एक जना पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भैरहेको छ । प्रारम्भीक अनुसन्धानका क्रममा हत्या आरोपितले आरोप स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । तर राजेन्द्रका बुवा रूपलालले आफ्नो छोरोको हत्या एक जनाले मात्रै नगरेर सुनियोजित रूपमा भएको दाबी गर्दै आएका छन् । उनले हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई जोगाउनका लागि एक जना नाबालक मात्रै हत्यामा संलग्न रहेको देखाएर अरुलाई उन्मुक्ति दिन प्रहरीले थालेको पीडित परिवारको आंशका रहेको छ ।  ‘हामीले आशंका लागेका विभिन्न व्यक्तिहरूविरूद्ध किटानी जारी दिन खोज्दा पनि प्रहरीले जाहेरी लिन मानेन,’ उनले भने, ‘उनीहरूकाविरूद्ध सबुत प्रमाण के छ भनेर मलाई पटक÷पटक प्रश्न गरियो र अपराधिलाई चोक्याउन ठूलो चलखेल भयो।’ तर हत्याको आरोपमा पक्राउ परेका व्यक्तिले आफूहरु रक्सी खाएर मातेको समयमा भनाभन हुँदा राजेन्द्रलाई ढुंगाले टाउकोमा हानेपछि लडेको र त्यसपछि आफूले भिरबाट खसालेको भन्ने साबिती बयान दिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्त र मृतक गाउँका मिल्ने साथीहरु हुन । त्यस हिसावले पनि मृतकका परिवारलाई घट्नामा उनको मात्रै संलग्ता रहेकोमा थप आशंका उत्पन्न भएको बताउँछन् । माघको २९ गते राजेन्द्र गाउँकै साथीसहित रून्टीगढी – १ स्थित आफन्तको बिहेमा गएका थिए । विहेमा भोज खाएर फर्किने क्रममा उनको हत्या भएको मृतकका बुबा रुपलाल बताउँछन् । रूपलालका अनुसार हत्या भएको दोस्रो दिन बिहान राजेन्द्रले लगाएको जम्पर र हाफ ज्याकेट घरमै लगेर आँगनमा फोलेको अवस्थामा फेला परेको थियो ।

हत्याको आरोपमा पक्राउ परेका व्यक्तिका बुवाले बाटोमा फेला पारेको भन्दै राजेन्द्रले लगाउने दायाँ खुट्टाको जुत्ता आफ्नो घरमा लगेर राखेको अवस्थामा फेला परेको रूपलालले बताउँदै आएका छन् । यस्तै कुराहरूलाई आधार मानेर रूपलाल आफ्नो छोराको सुनियोजित रूपमा हत्या भएको दाबी गर्दै आएका छन् । गाउँका सात जनाविरूद्ध किटानी जाहेरी लगेर फागुन ४ गते गएपनि प्रहरीले प्रमाण खोज्दै मुद्दा दर्ता गर्न नमानेको रूपलालले बताएका छन् । रुपलालका अनुसार आज विहीवार घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट छोराको शव बुझेर दाह संस्कार गर्ने सोचमा रहेको बताएका छन् । शव राखेबापत दैनिक एक हजार रुपैया तिर्दै आएको समेत बताए ।

Blog Post Ad Blog Post Ad