Ad Area

शान्ति निकेतनले मनायो १९ औँ वार्षिकोत्सव


घोराही, २४ फागुन । घोराही १५ स्थित शान्ति निकेतन विद्यालयले आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय संचालक समिति अध्यक्ष यादव गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् प्रवक्ता राममणि पाण्डेको प्रमुख आतिथ्यमा बुधबार एक समारोहबीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा, प्रमुख अतिथि पाण्डेले शिक्षा क्षेत्रका समग्र विकासका लागि नीजि विद्यालयले खेल्दै आएको भुमिकाले देशको समग्र शिक्षाको स्तर माथि उकास्न सहयोग पुगेको बताउनुभयो । स्थानीय सरकारले पनि स्थानीय बस्तुस्थितीलाई मध्येनजर गर्दै शैक्षिक सुधारका लागि एकीकृत रुपमा अघि बढ्ने गरी शैक्षिक क्यालेन्डर निर्माण गर्न थालिएको बताउनुभयो ।

यसैगरी संस्थागत विद्यालयले शैक्षिक सुधारका लागि गर्दै आएको असल अभ्यासलाई आत्मसात गरेर साुमदायिक विद्यालयहरुमा अबलम्बन गर्न एक वडा एक नमूना विद्यालय छनोट गरी पूर्वाधार सम्पन्न बनाउँदै कार्यान्वयनको प्रकृयामा अघि बढेको बताउनुभयो । शिक्षाबाट समाज परिवर्तन सम्भव भएको हुँदा बालबालिकाहरुलाई असल र गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उहाँले सबै शिक्षालयलाई सुझाव दिनुभयो ।

कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्दले शैक्षिक गतिविधिलाई चलायमान बनाउँदै सिकाईको अवस्था सुधार गर्न तथा अतिरिक्त कृयाकलापका माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास गर्ने अभियानमा पनि संस्थागत रुपमा अघि बढेको जानकारी गराउनुभयो । विद्यालयको शैक्षिक कार्यक्रम र आगामी योजनाका बारेमा प्रिन्सिपल सुनील गौतमले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा, गत वर्ष कक्षागत रुपमा उत्कष्ट भएका छात्रछात्राहरु तथा विधागत रुपमा उत्कृष्ट कहलिएका विद्यार्थीहरु र शिक्षक कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो । विद्यार्थीहरु प्रिन्सिका भण्डारी, आशिका हमाल, रश्मी बुढा, उज्जवल आचार्यलगायतले बोल्नुभएको थियो । विद्यालयका प्रबन्ध निर्देशक खगेश्वर पौडेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण टीका बस्नेत र उर्मिला डाँगीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad