Ad Area

नेपाल वित्तीय संस्था कर्मचारी संघ दाङको अध्यक्षमा बुद्धिप्रकाश चौधरी


दाङ,२७ फागुन । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेड दाङ शाखाको अध्इक्षमा बुद्धिप्रकाश चौधरी चयन भएका छन् । शनिवार घोराहीमा भएको दशौँ जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा सपना श्रेष्ठ, सचिवमा कमल भण्डारी, सहसचिवमा भीमबहादुर चौधरी, कोषाध्यक्षमा अंकुर गौतम चयन भएका छन् । सदस्यहरु
भरत कामी, यमुना वली भण्डारी, दिपा भण्डारी चयन भएका छन् । अधिवेशनले प्रदेश प्रतिनिधिमा निशा गिरी, दामु चौधरी, समिता पौडेल, करुणा विसी, नरवदेश्वर चौधरी, विनोद केसी, बुद्धिराम चौधरी, अनिल डिसी र चिरञ्जीवी डिसी रहेका छन् ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा तुलसीराम वली, शान्ता थापा, शान्ति बस्नेत र पदम प्याकुरेल चयन भएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक जिल्ला समिति दाङका अध्यक्ष तुलसीराम वलीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं क्षेत्र नं। २का सभापति भीमप्रकाश खड्काको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा कृषि विकास बैंक लुम्विनी प्रदेश कार्यालय दाङका निमित्त प्रमुख अनिल भुसाल, नेपाल वित्तीय सस्था कर्मचारी संघका केन्द्रीय सदस्य राजकुमार विश्वकर्मा, नेपाल वित्तय सस्था कर्मचारी संघका लुीम्वनी प्रदेश उपाध्यक्ष तथा सल्यान शाखा प्रमुख बलबहादुर साउद, कर्मचारी संघका तर्फबाट रामकुमारी पुन, कार्यालय प्रमुखहरुका तर्फबाट तुलसीपुर शाखा प्रमुख बाबुराम ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला उपाध्यक्ष निशा गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बुद्धिप्रकाश चौधरीले गरेका थिए ।