Ad Area

महेन्द्र क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघबाट डिसीको उम्मेदवारी


दाङ, २७ फागुन । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा विद्यार्थी संघसंगठनहरुले नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका छन् । स्ववियु निर्वाचनका शनिवार निर्धारण गरिएको समय सिमा अन्तर्गत विभिन्न विद्यार्थी संघसंगठनहरुले उम्मेदवारी दर्ता गराएका हुन ।

जसअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट विद्यार्थी नेता मनोज डिसीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी स्ववियु सचिवका लागि नेविसंघबाट बसन्तप्रसाद भण्डारी, कोषाध्यक्षमा ममता केसी, सदस्यमा विवेक खनाल, जीवन डिसी, बसन्त कडेल, अनिषकुमार चौधरी, रमिला शर्मा,सुरेस पोख्रेल, सरिता नेपाली, पुष्पकमल डाँगी रहेका छन् ।

समानुपातिकतर्फ दिपेन्द्र खड्का,एकराज डिसी,दिपक वली, गणेश पौडेल, नवराज गौतम, प्रख्यात सवेदी,सचिन गौतम,भ्युकुमार पुन,बिपना थापा, श्रवणकुमार चौधरी,गीता भण्डारी, कौशिला कालाथोकी, भरतबहादुर खड्कापुरुषोत्तम झा, निशान्त भुसाल र मदन भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ताका लागि नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेललगायतका विद्यार्थी सहभागी भएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad