Ad Area

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि ६ जनाको उम्मेदवारी


दाङ, २७ फागुन । घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल संयुक्त, नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनलगायतका विद्यार्थी संघसंगठन तथा समुहहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

जसमा नेपाल विद्यार्थी संघबाट मनोज डिसी, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैठौकातर्फबाट हिमाल महरा, बिप्लव निकट विद्यार्थी संगठनबाट खुमबहादुर केसी (खुमन), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट मुस्कान पोख्रेल, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्ट र अनेरास्ववियु छैठौ (क्रान्तिकारी)बाट सेवक भट्राईले उम्मेदवारी दर्ता गराएका छन् । नेविसंघकातर्फबाट सचिवमा बसन्तप्रसाद भण्डारी, कोषाध्यक्षमा ममता केसी, सदस्यमा विवेक खनाल, जीवन डिसी, बसन्त कडेल, अनिषकुमार चौधरी, रमिला शर्मा,सुरेस पोख्रेल, सरिता नेपाली, पुष्पकमल डाँगी रहेका छन् ।

अखिल संयुक्तबाट सचिवमा रविभक्त केसी,कोषाध्यक्षमा सागर पण्डित, सदस्यहरुमा मञ्जु घर्ती क्षेत्री,प्रकाश शाही, शारदा आचार्य, प्रशान्त पोख्रेल,मदनकृष्ण गौत्म, मञ्जु देवकोटा, सविन पोख्रेल र शकर घर्तीमगर, स्वतन्त्र विद्यार्थी समूहबाट सचिवमा समिक्षा शर्मा, कोषाध्यक्षमा पूर्णबहादुर मल्ल, सदस्यमा पुष्पा चौधरी,प्रकाश विक, लक्ष्मी चौधरी, नविन घर्तीमगर, अस्मिता तिमिल्सेना, राधा रसाइली, लुमाकान्त डाँगी, शिवराज सिंह ठकुरी रहेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सचिवमा बिजय पोख्रेल, कोषाध्यक्षमा तपश्या रेग्मी, सदस्यमा बिपिन भुसाल र सन्जु यादव, अखिल (क्रान्तिकारी) संयुक्तबाट सचिवमा खुम रिजाल,कोषाध्यक्षमा बिपना थापा क्षेत्री, सदस्यमा भरत वली क्षेत्री,दिनेश डाँगी, नविन केसी र सशांक सुवेदी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । अनेरास्ववियु (एस)बाट भरतजंग रायमाझीले उम्मेदवारी दिएका छन् । त्यसैगरी विभिन्न विद्यार्थी संघससंगठनबाट समानुपातिकतर्फ ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्ववियु निर्वाचनका लागि विद्यार्थी संगसंगठनहरुलाई उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समय निर्धारण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad