Ad Area

लुम्बिनी प्रदेश सभा सचिवालयमा पुस्तकालय


घोराही,२७ फागुन । प्रदेशको नीति निर्माणमा केन्द्रित रहने प्रदेश सभा सदस्यका लागि लुम्बिनी प्रदेश सभा सचिवालयमा अलग्गै पुस्तकालय स्थापना गरिएको छ।

प्रदेश सभा सदस्य तथा कर्मचारीलाई कानुन निर्माण क्रममा आवश्यक जानकारी लिन, अध्ययन, अनुसन्धान र अभिलेख सङ्ग्रहका लागि पुस्तकालय स्थापना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालय देउखुरीमा पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो । प्रदेश सभा प्रदेशका लागि आवश्यक कानुन निर्माण गर्ने थलो हो।

त्यही प्रदेश सभाबाट कानुनलगायतका विभिन्न नीति नियम तर्जुमा गर्दा पुस्तकालयसमेत आवश्यकता देखिएपछि बुटवलबाट दाङको देउखुरी सरेको प्रदेश सभामा अलग्गै पुस्तकालय कक्ष स्थापना गरिएको जानकारी प्रदेश सभा सचिव पुनमगरले दिएका छनु ।

पुस्तकालय प्रमुख ज्ञवालीले कानुन निर्माणक्रममा आवश्यक विभिन्न सन्दर्भ–सामग्री अध्ययन, अनुसन्धान, छलफल, स्रोत सामग्री खोजी, पत्रपत्रिका, ऐतिहासिक पुस्तकलगायत सन्दर्भ–सामग्री आवश्यक पर्ने भएकाले प्रदेश सभा सचिवालयले त्यसको व्यवस्थापन गरेको बताए ।

यसैगरी संसद्का गतिविधिको अभिलेख राख्न, सांसदलाई अध्ययनको अवसर मिलाउन र ऐन कानुन निर्माणका विधि एवं प्रक्रियाबारे सम्पूर्ण जानकारीका लागि अन्तर्राष्ट्रिय मापदण्डसमेत अनुशरण गर्दै पुस्तकालय स्थापना गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो।

Blog Post Ad

प्रदेश सभा सचिव पुनमगरले अन्तर्राष्ट्रिय मान्यताअनुसार संसद्का पाँचवटा मुख्य आधारभूत वस्तुमध्ये पुस्तकालय पनि रहेको उल्लेख गर्दै पुस्तकालयमा विभिन्न १० विधाका तीन हजारभन्दा बढी पुस्तक, पत्रपत्रिका र १० थान कम्प्युटरसहितको ई–लाइब्रेरी सञ्चालन गरिएको छ।

सो पुस्तकालय स्थापनापछि सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यका साथै सचिवालयका कर्मचारीले समेत नियमित रूपमा उपस्थित भएर अध्ययन गर्ने गरेका छन्। प्रदेश सभा सचिवालयले पुस्तकालय सांसद र कर्मचारीलाई मात्र नभई अध्ययन अनुसन्धान गर्न चाहने सम्पूर्ण नागरिकका लागि खुला रहेको समेत जनाएको छ।

Blog Post Ad Blog Post Ad