Ad Area

अभिनेता पल शाह दाङ आउने


दाङ,१ चैत । अभिनेता पल शाह दाङ आउने भएका छन । घोराहीमा हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम-२०७९ मा सहभागी हुनका लागी अभिनेता पल शाह आफ्नो गृह जिल्ला आउन लागेका हुन ।

डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिको आयोजनामा यही चैत्र ९ देखि ११ गतेसम्म घोराही-१४ झिगौंरामा हुने बृहत सास्कृतिक कार्यक्रममा सहभागी हुने छन् ।

आयोजक डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले
बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमका बारेमा जानकारी गराएको हो । सांस्कृतिक कार्यक्रममा नायक पल शाहसहित गायक प्रमोद खरेल, लोकदोहोरी गायक पशुपती शर्मालगायतका कलाकारहरु आउने भएका छन ।

साथै आयोजकले स्थानीय कलाकारहरुलाई पनि बिशेष स्थान दिने बताएको छ।

Blog Post Ad Blog Post Ad