Ad Area

नेपाल कराते महासंघ लुम्विनी प्रदेशको बैठक, केन्द्रीय सदस्यका लागि घर्तीलाई सिफारिस


तुलसीपुर,३ चैत । नेपाल कराते महासंघ लुम्बिनी प्रदेशको प्रथम बैठक शुक्रवार दाङको देउखुरीमा बसेको छ ।

महासंघका अध्यक्ष पदमबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले यहि चैत १० देखि १२ गतेसम्म चितवनमा हुने नेपाल कराते महासंघको केन्द्रिय साधारणसभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशबाट मनोनित केन्द्रिय सदस्यका लागी हरिबहादुर घर्तीलाई सिफारिस गरि पठाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले अधिवेशन प्रतिनिधिमा शंकर बिक,कृष्णप्रसाद देवकोटा, बासुदेव बस्याल, मोलङ घर्तिमगर, कमला राणा र पर्वेक्षकमा केशवराज बिकलाई पठाउने सर्वसहमतिले निर्णय गरेको छ । साथै बैठकले अधिवेशन र अधिवेशनका अबसरमा हुने सातौ स्पोर्ट्स मिट कार्यक्रमलाई भब्य एवं सभ्य रुपले सम्पन्न गर्न केन्द्रिय निर्देशन अनुसार प्रत्यक जिल्लाबाट १० र १० जना गरि लुम्बिनी प्रदेशबाट एक सय बिस जना सिनियर खेलाडीलाई सहभागी गराउने भएको छ ।

महासंघको कार्यालय दाङमा स्थापना गर्नेलगाएतका निर्णय गरेको महासंघका अध्यक्ष पदमबहादुर बस्नेतले जानकारी दिएका छन् । यसैबिच सोही अबसरमा २०२३ मार्च ३ देखि ५ सम्म दुबईमा सम्पन्न अन्तरास्ट्रिय आमन्त्रित कराते प्रतियोगिताका कास्य पदक बिजेता मोहलाल थापा मगरलाई सम्मान गरिएको थियो । त्यस्तै राप्ती गाउँपालिका कराते परिवारले नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको थियो ।

Blog Post Ad Blog Post Ad