Ad Area

मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ दाङको टीम विजयी


घोराही, ४ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १८औँ साधारण सभा तथा ५२औ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासंघ दाङको टीम विजयी भएको छ । शनिबार बिहान भरतपुर खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा उद्योग वाणिज्य संघको टीमलाई २-० गोल अन्तरले हराउँदै पत्रकार महासंघको टीम विजयी भएको हो ।

पत्रकार महासंघको टीमलाई जीत दिलाउन सविन प्रियासन र बाबुराम पाण्डेले १-१ गोल गर्नुभयो । खेलकुदका माध्यमबाट पत्रकार र उद्योगी व्यवसायी बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र स्वास्थ्यका लागि खेल आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताउनुभयो ।

यसैबीच, संघमा आवद्ध विभिन्न बस्तुगत समितिहरु बिच भएको फुटबलको फाइनल खेलमा अटोभिलेज व्यवसायी समितिको टीम विजेता बनेको छ । शनिबार भएको फाईनल खेलमा अटोभिलेज व्यवसायी समितिले फेन्सी व्यवसायी समितिलाई ४-१ गोल अन्तरले हराउँदै विजेता बनेको हो ।

यो सँगै अटोभिलेज व्यवसायी समिति लगातार तेश्रो पटक विजेता बन्न सफल भएको छ । खेलको उदघाटन संघका पूर्व अध्यक्ष माधवप्रसाद शर्माले रेफ्रीलाई बल दिएर उदघाटन गर्नुभएको थियो ।

Blog Post Ad

यसअघि संघमा आवद्ध विभिन्न बस्तुगत समितिबीच नकआउट चरणमा प्रतिष्पर्धा गराईएको थियो । संघको निर्णय अनुसार हाजिरी जवाफ, दौड, बोरा दौड प्रतियोगिता सम्पन्न भईसकेको छ ।

संघले व्यवसायी–व्यवसायीहरु बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र खेलकुदको भावनाको विकासमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण खेलकुद तथा सामाजिक काम गर्दै आएको छ । संघले चैत्र ११ गते शनिबार १८औँ साधारण सभा तथा ५२औँ स्थापना दिवस मनाउन लागेको छ ।

Blog Post Ad Blog Post Ad