Ad Area

निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक


दाङ, ६ चैत्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

प्याब्सन घोराहीले सोमबार नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा मावि तह (९–१२) र आधारभूत तह ( ५–८) को निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको थियो । मावि तहमा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका सुजाता गोराथोकी प्रथम, दीपशिखा आवासीय माविका संगीत बुढाथोकी द्वितीय र दीपशिखा माविका स्मारिका अधिकारी तृतीय भएका छन् ।

त्यस्तै आधारभूत तहमा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलका सिद्धान्त अधिकारी प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका आरभ शर्मा तथा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलका रक्षा शर्मा द्वितीय र मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका समृद्धि वली तथा दीपशिखा आवासीय माविका श्रीगेस गिरी तृतीय भएका छन् । प्रतियोगिता फागुन २० गते घोराहीस्थित मनकामना इङलिस बोर्डिङ स्कुलमा सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad