स्थापना दिवसमा रक्तदान गरिने

दाङ, ६ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफनो ५३ औ स्थापना दिवस तथा १८ औ साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
यही चैत ९ गते रक्तदान गरिने संघका सदस्य तथा रक्तदान कार्यक्रम समितीका संयोजक जुद्धबहादुर घर्ति (जगत) ले जानकारी दिएका छन् । रक्तदान गर्न इच्छुक सबैमा सहभागिताका लागि उनले आग्रह गरेका छन् ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर संघले स्थापना दिवस तथा साधारणसभाको अवसरमा रक्तदानको कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।
संघले स्थापना दिवस तथा साधारणसभाको अवसरमा विभिन्न मैत्रिपुर्ण प्रतियोगीताहरु समेत सम्पन्न गरि सकेको छ । संघले चैत ९ गते स्थापना दिवस तथा ११ गते साधारणसभा गदै छ ।