Ad Area

लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने


दाङ, ६ चैत । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

सोमबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पु¥याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

आईसीसी लिग २ अन्तर्गत भएको प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच जना खेलाडीहरुलाई पनि जनही पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, रुपन्देहीका दुर्गेश गुप्ता, कपिलबस्तुका आकाश त्रिपाठी, बर्दियाका विशाल विक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad