Ad Area

प्रेस चौतारीे घोराही नगरको भेला सम्पन्न


दाङ, ७ चैत । प्रेस चौतारी घोराही नगर कमिटिको भेला तथा प्रशिक्षण मंगलवार सम्पन्न भएको छ । चौतारी नगर कमिटि अध्यक्ष सुवास शर्माको अध्यक्षता एवम नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको भेलामा प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनले पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियानलाई सञ्चारसँग जोडन चौतारीले खेल्ने भूमिकाका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

भेलामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा दाङ सहइन्चार्ज रीता लामाले संगठनको अवस्था र पत्रकारिता क्षेत्रको विकासमा संगठनले खेल्ने भूमिका बढाउँदै समाजका हरेक तहतप्कासम्म पुर्याउन वृहत योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चौतारी दाङका अध्यक्ष इन्द्र डिसीले चौतारीले जिल्लामा सञ्चालन गरेको कार्यक्रमको बारेमा अवगत गराउनुभएको थियो । योसँगै प्रेस चौतारीले जिल्लाका ९ पालिकामा भेला तथा प्रशिक्षण सकेको छ । यसअघि जिल्लाको तुलसीपुर, बबई, शान्तिनगर, दंगीशरण, बंगलाचुली, राजपुर, गढवा र राप्तीमा कार्यक्रम गरेको थियो । अब लमहीमा कार्यक्रम गर्न बाँकी रहेको छ ।

Blog Post Ad Blog Post Ad