Ad Area

दाङमा २० किलो सुकुटी सहित एक जना पक्राउ


घोराही, ७ चैत ।

दाङमा २० किलो सुकुटी सहित एक जनालाई पक्राउ गरिएको छ । राजपुर गाउँपालिका ५ नौसरामा बन्यजन्तुको जस्तो देखिने सुकुटी (मासु) बोकेर हिडिरहेको अवस्थामा राजपुर ७ का ४९ बर्षका कमान सिंह विकलाई पक्राउ गरिएको हो ।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी चंगुवा र इलाका प्रहरी कार्यालय गढवाबाट खटेको प्रहरी टोलीले मंगलवार बिहान करिब ७ बजे पक्राउ गरेको हो । उनलाई डिभिजन बन कार्यालय देउखुरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।

Blog Post Ad Blog Post Ad