Ad Area

नेपाल बैंक लिमिटेडद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्वन्धी सचेतना


घोराही, ७ चैत । नेपाल बैंक लिमिटेड दाङ शाखाले वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम गरेको छ । विश्वव्यापी मुद्रा सप्ताह २०२३ अन्तर्गत दाङ शाखाले मंगलवार घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको महेन्द्र माध्यामिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

बद्लिदो समयमा वित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले विद्यार्थीहरुलाई वित्तीय जानकारी गराउने उद्देश्यले विद्यालयमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा पछिल्लो समयमा देखिएको अर्थतन्त्र सम्बन्धी देखिएका समस्या समाधानका लागि हरेक व्यक्तिमा वित्तीय चेतना हुनुपर्ने नेपाल बंैक दाङ शाखाका कर्मचारी संजय पाण्डेले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आर्थिक बचतले जीवनमा पु¥याउने सहयोग र वित्तीय साक्षरताले दिने फाइदा, डिजिटल कारोवारलगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको थिो । बैंकका शाखा प्रबन्धक केशव सुवेदीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीको प्रमुख आतिथ्यता एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर केसीको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा शाखाका कर्मचारी दिपक वलीलगायतले बोलेका थिए ।

बैंकका सहायक प्रबन्धक नवराज आचार्यको स्वागत मन्तव्यवाट शुरु भएको वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण बैकका कर्मचारी संजय पाण्डेले गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत करिव एक सय भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad