Ad Area

घरकै स्वादमा ‘अचार’


घोराही, ७ चैत ।

तपाइलाई अचार खान मन लागेको छ तर बनाउने समय पाउनुभएको छैन्, भने घरकै स्वादमा अचार पाउनुहुनेछ । घोराहीकी गिता रावतले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न अचार उत्पादन गर्छिन् । गएको मंसिर महिनाबाट उत्पादन गरिएको अचारले राम्रै बजार पाएका छन् । कृषि ज्ञान कार्यालय दाङको कार्यालय भवन छेउमा सम्झना एग्रोभेट चलाउने गिता गएको प्रतिनिधि सभा चुनावमा क्षेत्र नं. २ की उम्मेदवार थिइन् । कृषि क्षेत्रको विकासलाई मुल मुद्दा बनाएकी गिताले चुनाव हारिन् । तर कृषि क्षेत्रको विकासमा सहयोग होस् भन्ने उदेश्यले अचार बनाउन लागेकी हुन् ।

अचार बेच्नका लागि पशल छैन् । तर एग्रोभेटकै पछाडी खाली कोठामा अचारहरु बेच्नका लागि तयार छन् । उनले बनाएको अचार स्थानीय घोराही बजारमा जान्छन् । फागुन ३ गते देखि १७ गते सम्म घोराहीमा चलेको लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेला २०७९ले उनको अचार व्यवसायलाई अगाडी बढाउन सहयोग गरेको छ ।

‘उनी भन्छिन्, स्टलको भाडा तिर्नुपरेन, उत्पादन बेच्न पाइयो’ । मेलामा उनले ६०–६५ हजारको अचार बिक्रि भयो । उनी अचार बनाउदा आफैले मसला तयार पार्छिन् । तयारी मसलाहरु प्रयोग गर्दिनन् । अहिले उनीसंग थरी–थरीका अचार छन् । मौसम अनुसारका मुला, गाँजर, अमला, अमारो, काउली, बन्दा, कागती, खुर्सानीका अचार बेच्नका लागि तयारी छन् । ग्राहकको रोजाइमा मिक्स अचारहरु पर्छन् । लसुन, कागती, अमारो पाँच सय रुपैँया किलो, मिक्स अचार ७ सय, अमला ६ सय, अकबरे खुर्सानी ७ सय देखि हजार रुपैँया मुल्यमा बिक्रि गर्छिन् ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad