Ad Area

दाङलाई मुरुभूमिकरण हुनबाट बचाउन नागरिक समाजको ध्यानाकर्षण


घोराही, ७ चैत । नागरिक समाज दाङले जिल्लालाई मुरुभूमिकरण हुनबाट बचाउन उत्तरी जलाधार संरक्षण गर्न नागरिक समाजलगायत विभिन्न संघसंस्थाले निरन्तर रुपमा आवाज उठाउँदा पनि यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण नभई रहेको देखिएको जनाउँदै गम्भीर बन्न ध्यानाकर्षण गराएको छ ।

महाभारत र चुरे क्षेत्रका खहरे खोलाबाट बग्ने पानीको श्रोत बचाउन हाईड्याम बनाई सिहज सिंचाईको समुचित व्यवस्था गरी कृषि क्षेत्रलाई प्रोत्साहन गर्न र मरुभूमिकरण हुनबाट बचाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । समाजका संयोजक केबी मसालको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको बैठकले अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुबाट भए गरेका आर्थिक कृयाकलापमा जनसमुदायबाट व्यापक जनगुनासो आएको प्रति पनि ध्यानाकर्षण गराएको छ ।

वित्तीय व्यवस्थापनको जिम्मेवारी लिएको निकायबाट उचित व्यवस्थापनमा ध्यान दिन पनि सचेत गराएको छ । बैठकले नियमनकारी निकायले संघीय सरकारको स्वीकृति लिई नयँ मौद्रिक नीति तथा वित्तीय नीति तर्जुमा गरी जनपक्षीय कार्यलाई प्राथमिकता प्रदान गर्न पनि सम्वद्ध निकायलाई अपिल गरेको छ ।

यसैगरी, नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९–०८० को नीति कार्यक्रम तथा बजेट अनुसार संघीय, प्रदेश र स्थानीय सरकारको प्रस्तावित कार्यक्रम अन्तरगत पूँजीगत खर्च ९ महिनासम्म पनि अत्यन्तै न्यून मात्रामा रहेकोले मौद्रिक तरलता अभाव बढ्दै गएको प्रति सम्वेदनशील हुन सचेत गराएको छ । तीन तहकै सरकारले अघि सारेको कार्यक्रमहरुमा विनियोजित रकम लक्ष्य अनुरुप खर्च गर्ने गराउने तर्फ पनि सबैको ध्यानाकर्षण गराएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।