Ad Area

बास नेपाल दाङ शाखा अध्यक्षमा आचार्य


घोराही, ८ चैत । सुशासन र भ्रष्टाचार विरुद्ध वकालत गर्दै आएको बागेश्वरी असल शासन क्लव (बास) नेपाल दाङ शाखाको अध्यक्षमा विपिन आचार्य चयन भएका छन ।

बास नेपालका संस्थापक तथा कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थितीमा बुधवार घोराहीमा बसेको बैठकले आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा समिर वली, सचिवमा विमला घर्ती, सहसचिवमा चन्द्रप्रकाश नेपाली, कोषाध्यक्षमा अंशु नेपालीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा लिलाधर वली, छवी पुरी, अनामिका चौधरी सुनैना जैशी, भविशरा घर्ती, निना शर्मा, सरस्वती चौधरी र धना शहलाई चयन गरिएको छ । दुई सदस्यपछि थप गर्ने निर्णय भएको छ भने सल्लाहकारमा सुन्दर गौतम र अनिल अधिकारीलाई चयन गरिएको छ ।

Blog Post Ad Blog Post Ad