Ad Area

सर्वोउत्कृष्ट पर्व गीत गायक अवार्ड प्रेम विवशलाई


दाङ,८ चैत । दाङ निवासी गायक तथा संचारकर्मी प्रेमविवश घर्तीमगरले सर्वोत्कृष्ट पर्व गीत गायक अवार्ड जितेका छन् । दोस्रो विशाल लुम्विनी लोकदोहोरी अवार्ड २०७९ अन्तर्गत काठमाडौमा भएको कार्यक्रममा गायक घर्तीले अवार्ड जितेका हुन ।

विशाल मुभिज प्रा.ली.का प्रवन्धक हुम गैरेको अध्यक्षता तथा पूर्व कृषिमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माकोे प्रमुख आतिथ्यता र पूर्व उद्योग बाणिज्य तथा आपूर्ती राज्यमन्त्री विमला विक र तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीमगरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गायक घर्तीले तीज गीत ‘नास सारी सरक्क’ बोलको गीतबाट सर्वोत्कृष्ट पर्व गीत गायकको अवार्ड जित्न सफल भएका हुन ।

२०६२ सालमा रेडियो नेपालबाट लोकगीत विद्यामा स्वर परिक्षा उतीर्ण गरेर संगीतिक यात्रामा लागेका घर्ती दुई दशकदेखि क्रियाशिल छन् । घर्तीले २०७१ सालदेखि निरन्तर तीज गीत एल्बम पनि दर्शक श्रोतमा माझ पस्किदै आएका छन् । अवार्ड जितेसँगै गायक घर्तीमगरले निरन्तरता र मेहनत गरे जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने बताएका छन् ।

गायक घर्तीमगरले यसअघी सुन्दरादेवी म्यूजिक अवार्ड २०७५, हाम्रो नेपाल राम्रो नेपाल राष्ट्रिय भावको गीतबाट, त्यसैगरि भाषिक गीततर्फ ‘गर्मी बढ्यो चर्को छ, हेर घाम’बाट नेशनल ब्राण्ड म्युजिक अवार्ड २०७८को जुरी अवार्ड पनि जितिसकेका छन् । गायक घर्तीमगरसँगै लोक तथा दोहोरी गीतसँग सम्वन्धीत ३१ विद्यामा ५५ जना कलाकारहरुलाई आवार्ड वितरण गरिएको थियो ।